हेटौंडा । वन विज्ञान अध्ययन संस्थान अन्तर्गत ग्रीन अर्गनाइजेसनहरूको संयुक्त आयोजना तथा दिगो विकास इन्स्टिच्युट को आर्थीक सहयोगमा हिजो शनिबार ‘ग्लोबल एक्सन डे -२०२३’ को अवसरमा `क्राफ्ट एक्जिवेशन एन्ड कम्पिटिशन’ कार्यक्रम सम्पन्न भएको छ ।क्लाइमेट जस्टिस समर स्कुल (CJSS) का एलुम्नाइ सुष्मिता चौधरीको सभाध्यक्षता एवम् मनहरी गाउँपालिकाका डिभिजन वन अधिकृत लोकराज नेपालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा पाँच विद्यालयका नौ समूह प्रदर्शनीका लागि सहभागी भएका थिए । विद्यार्थीहरुले वातावरण प्रदुषण हुनुको कारण र यसलाई रोकथाम गर्न सम्भावित उपाय झल्किने खालका क्राफ्टहरु प्रदर्शन गरेका थिए जसमध्ये श्री ज्ञानदा मा.बि र वन विज्ञान अध्ययन संस्थानबाट एक- एक समूहले ‘बेस्ट एक्जिवेशन ‘ पुरस्कार प्राप्त गरेका छन् ।
तीव्र रुपमा बढ्दै गरेको वातावरण प्रदुषण र जलवायु परिवर्तन रोकथाम गरी वातावरणमैत्री व्यवहार निर्माणको लागि प्रेरित गराउने उद्देश्यले उक्त कार्यक्रम गरिएको CJSS एलुम्नाइ चौधरीले बताउनुभयो ।