रौतहट। हेटौंडा सामुदायिक आँखा अस्पताल को सहयोग रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नं-६ पेटभर्वा मा नि: शुल्क आँखा शिविर जाँच सम्पन्न भएको छ। हेटौंडा सामुदायिक आँखा अस्पताल को सहयोग मा आयोजना भएको श्री माध्यमिक विद्यालय पेटभर्वा बिधालय मा एकदिने आँखा शिविर सम्पन्न भयो । हेटौंडा को सामुदायिक आँखा अस्पतालबाट खटिएको डाक्टरहरुको सहयोग मा चेकजाँच भएको हो।बुधबार विहान १० बजे देखि शुरु भएको नि: शुल्क आँखा शिविर मा २५० जनाको आँखा नि: शुल्क परीक्षण गरिएको थियो। नि: शुल्क परीक्षण र औषधि वितरण गरिएको थियो भने सो शिविर मा ११५ जनाको मोतियाबिन्दुको समस्या भएको जानकारी दिनुभयो। मोतियाबिन्दुको समस्या भएको बिरामी नि: शुल्क शल्यक्रिया गर्ने हेटौंडा सामुदायिक आँखा अस्पताल को डाक्टर ले बताउनुभयो।सो मोतियाबिन्दुको समस्या भएको बिरामी हरू को उपचार हेटौंडा को सामुदायिक आँखा अस्पताल हेटौंडा हुने वडा अध्यक्ष राम एकवाल राय यादव ले बताउनुभयो उहाँ को अनुसार मोतियाबिन्दुको समस्या भएको बिरामी शुक्रबार को दिन हेटौंडा जाने बसको पनि ब्यावस्था भएको बताउनुभयो। आँखा शिविर सञ्चालन मा लेआउनु भएको स्थानीय आयोजक किशोरी लाल शाह ले सम्पुर्ण डाक्टर र बिरामी हरू लाई शुभकामना व्यक्त गर्नुभएको भयो । सो अवसरमा फतुवा विजयपुर नगरपालिका को कार्यवाहक मेयर अम्बिया खातुन पनि निरिक्षण गर्नु भयो सो शिविर सञ्चालन मा सहयोग गर्ने बिधालय अध्यक्ष हरदेव राय यादव, बिवेक शाह , अरबिन्द यादव, किशन्नदन शाह प्रमोद यादव ले सहयोग गर्नु भयो।