जाडो महिना लागि सक्यो,
घरमा सिरक छैन,!
ससाना बच्चाबच्ची छन!
बुढेसकालका बुढाबुढि
दम रोगीले गाउँ बिरालै छ!
भित्र घरमा बस्ने अबस्था छैन!
चारैतिर भत्केका घरहरु
मान्छेहरुका चेत खुलेको छैनन् !
हरास निरासले गाउँ रित्तै छ!
खाना खाने अन्न्न छैन
गाउँबस्ती सुकुम्बासी जस्तो
पाल मुनि बसाइ छ!
त्यही चिसो छ,शीत परेको पाल
रातमा निद्रा दिनमा भोक छैन!
बाउआमा छोराछोरीको चिन्तामा छन
कतिखेर आउँछ बिनासकारी भुकम्प
केही हुन्छ कि फेरि भनेर तर्सिएका छन!
पीडित नभएको घर छैन
बस्नलाई बास छैन
खानालाइ गाँस छैन,
पाल मुनिको बसाइ छ!
गाउँभरी निशब्द छ
सरकार भने भुकम्पको नाममा
राजनीति गरिरहेको छ!
राहत बितरण आफ्न्तवाद नातावाद
राजनीतिकरण गरेको छ
पीडित पिडिनै छन!
राहतका नाममा राजनीतिक दलका मान्छे
गाउँ गाउँ राजनीति चलाउने गर्छ,
राहत पाउनेले दिनहुुँ पाएकै छन
नपाउनेहरु उस्ताको उस्तै छन!
पाल मुनीको बसाई
जाडो र सितले बुढाबुढी मृत्यु सङ्ग
लागिरहेका छन,
सरकार दलहरु राहतमै ब्यस्त छन,
गर्भवती सुत्केरी महिला
बच्चाहरुको चिसोले बेहाल छ!
दलहरु भने अस्तब्यस्त छन
नागरिक भने
भोक र जाडो सङ्ग भिडिरहेका छ!
अस्थब्यस्थ छ पालमुनीको बसाइ!
पालमुनीको बसाइ !!
पालमुनीको बसाइ !!
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु