हेटौंडा । नारायणी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड हेटौंडाले २८ औं बार्षिकोत्सवको अवसरमा असल बचतकर्ता, ऋणी, जेष्ठ नागरिक, एकल महिला, जेष्ठ शेयर सदस्य, पत्रकार, कर्मचारी तथा सहयोगीहरुलाई सम्मान गरेको छ । कार्यक्रममा सहकारीका असल बचतकर्ता धनबहादुर चापागाई, असल मासिक बचतकर्ता मञ्जुकुमारी सुवेदी, असल ऋणी अम्बिका अधिकारी, खुत्रुके बचतकर्ता लिनिसा अधिकारी, उत्कृष्ट बचत समूह मेलमिलाप बचत कोष, पत्रकार सुजन ढकाल लगायतलाई नगद तथा उपहारसहित सम्मान गरिएको थियो । कार्यक्रममा सहकारीका ८ जना जेष्ठ सदस्यलाई वृद्ध भत्ता बापत् जनही नगद छ हजार रुपैंया प्रदान गरिएको थियो । साथै हेटौंडा ९ कै सबैभन्दा जेष्ठ नागरिक एक सय दुई वर्षीया कृष्ण माया मगरलाई पनि उपहारसहित सम्मान गरिएको थियो । कार्यक्रममै एसईई परिक्षामा उत्कृष्ट सहकारीका शेयर सदस्यहरुका तीन छोराछोरी र त्रिभुवन विश्वविद्यालय बीबीए परिक्षाको सातौं सेमेष्टरमा नेपाल प्रथप हुन सफल शेयर सदस्य सत्रुघन महर्जन र चञ्चला महर्जनकी छोरी सृष्टि महर्जनलाई नगदसहित सम्मान पत्र गरिएको थियो । कार्यक्रममा सहकारीबाट सम्पूर्ण निर्माण सामग्री प्रयोग गरी घर निर्माण गर्ने ११ जना सदस्यलाई पनि उपहार प्रदान गरिएको थियो । सहकारीको निर्माण सामग्री विक्रीमा विशेष भुमिका खेल्ने सुरेश बेरोजगार, संस्थाका सामग्री लोड अनलोड गर्ने सहयोगीहरु लगायतलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममै पत्रकारिताको माध्यमबाट समाज र सहकारी क्षेत्रमा महत्वपुर्ण योगदान पु¥याएको भन्दै पत्रकार सुजन ढकाललाई सहकारीको पाँच हजार बराबरको शेयरसहित सम्मान पत्र प्रदान गरिएको थियो । त्यस्तै, ध्रुव स्मृति कोषबाट यसबर्ष प्रगती उच्च माध्यमिक विद्यालयको कक्षा १२ की शर्मिला पहाडी र कक्षा केजीकी साहिसा गुरुङलाई जनही पाँच हजार रुपैंया छात्रवृत्ती प्रदान गरिएको थियो ।
कार्यक्रम हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ का अध्यक्ष सुकराम केसीको प्रमुख आतिथ्य तथा नारायणी बहुउद्देश्यीय सहकारीका अध्यक्ष जंगबहादुर गुरुङको अध्यक्षतामा भएको थियो । कार्यक्रममा जिल्ला सहकारी संघ मकवानपुरका व्यवस्थापक गोविन्द दाहाल, राष्ट्रिय सहकारी बैंक बागमती प्रदेशका प्रमुख रामेश्वर अर्याल, शिवम् सिमेन्टका क्षेत्रीय विक्री प्रबन्धक विक्रम खतिवडा, नारायणी सहकारीका पुर्व अध्यक्ष तथा सल्लाहकार निरञ्जन ढकाल, उपाध्यक्ष रामचन्द्र दाहाल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा जिल्ला बहुउद्देश्यीय सहकारी संघ मकवानपुरकी सचिव प्रतिमा श्रेष्ठ, ध्रुव स्मृति कोषकी संरक्षक तारा भट्टराई, प्रगती उच्च माध्यमिक विद्यालयका अध्यक्ष प्रदीप पराजुली, साईराम बचत तथा ऋण सहकारी संस्थाकी उपाध्यक्ष सचिता भट्टराई, ऋद्धिसिद्धी सिमेन्टका विक्री प्रबन्धक सुदर्शन रेग्मी, नारायणी सहकारीका सल्लाहकार कुमार प्रसाद पौडेल लगायतको आतिथ्य रहेको थियो ।