Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
  • स्थानिय समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2025 Radio Bharosa
06 Dec 2025
01:18 PM
Newsletter
E-Paper
Radio Bharosa
www.radiobharosa.com
लाइभ रेडियो
ताजा समाचार र मनोरञ्जन
Stream 1 (MP3)
Stream 2
Backup Stream
काठमाडौं 28°C
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
  • स्थानिय समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement
Header Banner
Ad-1
Ad-2

अध्यक्ष मणिराज गौतमद्वारा लिखित पुस्तक “प्रवासका फुलहरु” को बेल्जियममा बिमोचन

रेडियो भरोसा अनलाइन
अशोज २१, २०८१ मा प्रकाशित
Share:

नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमद्वारा लिखित पुस्तक “प्रवासका फुलहरु” को आइतबार बेल्जियममा बिमोचन गरिएको छ । अन्तरराष्ट्रिय साहित्य समाज (अनेसास) बेल्जियम च्याप्टरले आयोजना गरेको बिमोचन समारोहमा बेनेलक्सका लागि नेपाली राजदुत गेहेन्द्र राजभन्डारी, एनआरएनए बेल्जियमका अध्यक्ष सीता सापकोटा लगायतका अतिथीहरुले पुस्तकको बिमोचन गर्नु भएको हो । पुस्तक बिमोचन गर्नुहुदै राजदुत राजभन्डारीले बिदेशमा बस्ने नेपालीहरुका अनुभबलाई देशका नितीनिर्माताहरुले बुझ्न सकेमा देश बिकासमा ठुलो सहयोग पुग्ने बताउनु भयो । पुस्तक युरोपका नेपालीहरुको दस्ताबेजको रुपमा रहने भएकाले पनि ईतिहास बन्ने उहाँको धारणा रहेको थियो । पुस्तक मार्फत बिदेशमा रहने नेपालीहरुको प्रतिनिधि भोगाइ अनि सत्य कथाबाट युबा पुस्तालाई सकारात्मक उर्जा प्रदान गर्ने विश्वाश उहाँले ब्यक्त गर्नु भयो ।राजदुत राजभण्डारीले प्रवास बसाइका अनुभब,संघर्ष र सफलताका साथै नेपाली भाषा कला साहित्य, सस्कृती र नेपाली मौलिक पहिचानलाई उनिहरुले कसरी विश्व सामु फैलाई रहेकाछन भन्ने बिषय लिपिबद्ध गरि पुस्तक प्रकाशन गरेकोमा लेखक गौतमलाई धन्यबाद सहित शुभकामना ब्यक्त गर्नु भयो । प्रवासका फुलहरु बारे बोल्नु हुँदै लेखक गौतमले मुलुक बाहिर रहेका मुलुकका असल छोराछोरीका जीबन्त कथा लेखिएको बताउनु भयो । करिब डेढ बर्षको अन्तरालमा पुस्तक तयार गरेर बिदेशी भुमिमा बिमोचन गर्ने अबसर पाएकोमा अनेसास प्रति आभार ब्यक्त गर्नुभयो। पुस्तकमा युरोपमा रहेका ३९ जना नेपालीहरुको बाल्यकाल,शैक्षिक अबस्था,राजनीति ,परिबारिक अबस्था,बैदेशिक संघर्ष लगाएतका वास्तविक कथा समाबेश गरिएको बताउनु भयो । यस्तै एनआरएनए बेल्जियमका अध्यक्ष सीता सापकोटाले बिदेशमा बसोबास गरिरहेका नेपालीहरुले धेरै चुनौतिका बिचमा पनि नेपाली पहिचानलाई निरन्तरता दिने र यसको प्रचार प्रसारका लागि लेखक गौतमले उदाहरणीय काम गरेकोमा धन्यवाद ब्यक्त गर्नु भयो । उहाँले सबैका आ-आफ्नै भोगाई हुन्छन, ति कुराहरुलाई आफ्नो पुस्तासामु जानकारी दिलाउन पुस्तकले भूमिका खेल्ने बताउनुभयो ।

नेपाल पत्रकार महासंघ बेल्जियमका अध्यक्ष ओम शर्माले सुन्दर भविश्यको कल्पना गरेर देश छोडेका युरोपका नेपालीहरुका सत्य कथाहरु संकलन गरेकोमा पत्रकार गौतमप्रती आभार प्रकट गर्नु भयो । आफ्नो जनभुमी छोडेर फरक भुगोल संस्कार र संस्कृतिमा आफुलाई स्थापित गर्न नेपालीहरुले युरोपमा गरेका संघर्षका कथाहरु प्रेरणादायी बन्ने उहाँले बताउनुभयो । कार्यक्रममा अन्तरराष्ट्रीय नेपाली साहित्य समाजका केन्द्रिय उपाध्यक्ष डिल्ली अंमाईले पुस्तक माथि टिप्पणी गर्दै यस्ले युरोप भित्रका अधिकतम देशका बिभिन्न पेशा वा सेवामा कार्यरत नेपाली प्रतिनिधिहरुसँग प्रत्यक्ष सम्बाद गरेर पुस्तक प्रकाशन गरेकोमा पत्रकार गौतमलाई धन्यवाद दिनुभयो । पुस्तक अभिलेखका रुपमा रहने भएकाले यसको महत्व उच्च्तम हुने उहाँले बताउनु भयो ।

कार्यक्रममा अनेसास बेल्जियमका महासचिब गोपाल दाहालले पुस्तक माथि टिप्पणी गर्दै निकै संघर्ष गरेर तयार गरिएको पुस्तकले आम नेपालीको कथा बोल्ने बताउनु भयो ।

दुई सय अठासी पेज रहेको पुस्तकको टिप्पणी गर्दै दाहालले अन्तर्वातामा आधारित भएर पुस्तक प्रकाशन भएको बताउनु भयो ।

यस्तै अनेसास बेल्जियम अध्यक्ष सौरभ कारन्जितले प्रवासका नेपालीहरुको संघर्षको अन्तरकथा तयार पारी बिमोचनका लागि अनेसासलाई अबसर दिनुभएकोमा धन्यवाद दिनु भयो । युरोपमा नेपालीहरुका दिब्य आशा, उन्मुक्त मनोभाब, उत्तेजना, सफलता-असफलताका कथा र संकल्पहरु समाबेश गरिएको प्रवासका फुलहरु पुस्तक कलात्मक कृतिका रुपमा रहने बताउनु भयो ।

कार्यक्रममा एनआरएनए आइसीसी सदस्य मदन दवाडी, हरी भट्टराई, उपाध्यक्ष कासी दनै, ओेएनएफ बेल्जियमका अध्यक्ष बिनोद न्यौपाने, जन सम्पर्क समिति बेल्जियमका उपसभापती बिराट जोशी लगायतले कृति सफलताको शुभकामना ब्यक्त गर्नु भयो । पुस्तकमा लेखक संघ केन्द्रिय सदस्य हयगृब आचार्यको भाषा सम्पादन,कवि लेखक सम्प्रस पौडेलको कथा सम्पादन,श्रीराम दहाल र बिना देबकोटाको श्रुति लेखन रहेको छ भने पुस्तकको प्रकाशन,लेआउट डिजाइन आकृति कृयसन राम अबिकास र बितरकमा किताब घर हेटौंडाका छवि अनित्यको रहेको छ ।

Tags:

No tags available

संबन्धित शिर्षकहरु
हेटौँडामा सडक विस्तार: १५ दिने अल्टिमेटम सकिँदै, भोलि डोजर चल्ने तयारी पूरा भएको सहायक सीडीओको स्पष्टिकरण
हेटौंडा सडक विस्तार मुद्दा सर्वोच्चमा: आज इजलास नं. ४ मा पेसी, निर्णायक मोड आउने संकेत
हेटौंडामा सडक सीमा खाली गराउन तयारी तीव्र, होटल व्यवसायीलाई अतिथि नराख्न निर्देशन
हेटौंडामा समाजवादी जेन जि फोर्स मकवानपुर गठन, सुर्य बहादुर गोले संयोजक
अखिल (समाजवादी) मकवानपुरको पाँचौँ पूर्ण बैठक सम्पन्न, २५औँ जिल्ला सम्मेलन आयोजक समिति गठन
अपाङ्गता दिवसको अवसरमा हेटौंडामा रक्तदान कार्यक्रम सम्पन्न, ४० जनाले दिए रक्तदान
  • भर्खरै
१
हेटौँडामा सडक विस्तार: १५ दिने अल्टिमेटम सकिँदै, भोलि डोजर चल्ने तयारी पूरा भएको सहायक सीडीओको स्पष्टिकरण मंसिर १९, २०८२
२
हेटौंडा सडक विस्तार मुद्दा सर्वोच्चमा: आज इजलास नं. ४ मा पेसी, निर्णायक मोड आउने संकेत मंसिर १९, २०८२
३
हेटौंडामा सडक सीमा खाली गराउन तयारी तीव्र, होटल व्यवसायीलाई अतिथि नराख्न निर्देशन मंसिर १९, २०८२
४
हेटौंडामा समाजवादी जेन जि फोर्स मकवानपुर गठन, सुर्य बहादुर गोले संयोजक मंसिर १८, २०८२
५
अखिल (समाजवादी) मकवानपुरको पाँचौँ पूर्ण बैठक सम्पन्न, २५औँ जिल्ला सम्मेलन आयोजक समिति गठन मंसिर १८, २०८२
हेटौंडामा विनामुआव्जा सडक विस्तारबारे भैरव समूहका संयोजक दिभेष शाक्यको प्रश्न—‘विकास कि विनास?’ मंसिर १३, २०८२

कञ्चनरुपमा छात्रवृत्ति घोटाला उजागर हुनेबित्तिकै पत्रकारमाथि हमला : स्थानीय शासनमा दण्डहीनता र मिलेमतोको भयावह तस्वीर मंसिर १४, २०८२

हेटौँडाको सडक विस्तारमा न्यायोचित मुआब्जाको माग: भैरव समूह संयोजक दिभेष शाक्यको सरकारप्रतिको आलोचना मंसिर १५, २०८२

हेटौंडाको पक्षमा निर्णायक संघर्षमा उत्रिएका भैरव समूह संयोजक दिभेष शाक्य, ‘अब प्रमाणसहित कानुनी लडाइँ मंसिर १८, २०८२

हात्तिगौडा–गोठदमार सडकखण्डको खोलामा अस्थायी बाँसको पुल निर्माण, स्थायी समाधानका लागि जनप्रतिनिधिसँग माग मंसिर १५, २०८२

हेटौडाको सडक विस्तारमा मुआब्जा अस्पष्ट: भैरव समूहद्वारा प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण मंसिर १५, २०८२

हेटौंडामा समाजवादी जेन जि फोर्स मकवानपुर गठन, सुर्य बहादुर गोले संयोजक मंसिर १८, २०८२

महेन्द्र राजमार्ग–त्रिभुवन राजपथ विस्तार तत्काल कार्यान्वयन गर्न ११ राजनीतिक दलको संयुक्त दबाब मंसिर १४, २०८२

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि.

सूचना तथा प्रसारण विभाग/सञ्चार रजिष्ट्रारको दर्ता नं.: ५०९९-२०८१/२०८२
प्रेस काउन्सिल नेपाल: ५१२०-२०८१/०८२

ठेगाना

📍 स्थान: हेटौंडा–१४, मयुरधाप, मकवानपुर
📱 मोबाइल: ९८२१२९१२७१ / ९७६५८१७१६२
✉️ इमेल: radiobharosa@gmail.com

हाम्रो टिम

📌 सञ्चालक:
सशान्त तामाङ

📌 सम्पादक:
एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

  • अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

  • राजन प्रसाद आचार्य ( मकवानपुरगढी–५,मकवानपुर)

📌 प्राविधिक:
अदृश्य लामा

📌 बजार व्यवस्थापक:
सौजल तामाङ
📞 ९८०२०१०९८२ / ९८४५६७४५०

हाम्रो बारे

📍 हेटौंडा, मकवानपुर
✉️ radiobharosa@gmail.com
🌐 radiobharosa.com
🔵 Facebook
🐦 Twitter
📺 YouTube

© 2023 radiobharosa.com सर्वाधिकार सुरक्षित
Designed & Developed by: jiyaninfosys