मकवानपुर । मकवानपुरको कुलेखानी सिस्नेरी ३ को ३० घर र कुलेखानी सुलिकोट २ को ५ घरलाई राहत बितरण गरिएको छ । गत साता गएको बाढी,पहिरोबाट घरबार बिहिन तथा पीडित परिवारलाई युवा समाजसेवीहरुले राहत बितरण गरेका हुन। यश ५ मकवानपुरका रमेश ठकुरी,दिनेश लामा वाइबा,बिरेन्द्र श्रेष्ठ,सन्तोष बजगाइ,सुभाष बिष्ट,मन्टु कङ्साकार यसैगरी साथी नागरिक बचाउ महा अभियानका भिम राउत,हातिम मिया,गणेश श्रेष्ठ लगायतका युवाहरुले घटना स्थल पुगेर राहत बितरण गर्न शुरु गरेका हुन्। मकवानपुरमा युवा समुहको तर्फबाट राहत पुगेको पहिलोपटक हो । यश ५ का दिनेश लामा वाइबाले बताए । राहतमा ३५ बोरा चामल,३५ काटुन चाउचाउ,७० लिटर खाने तेल,७० प्याकेट नून,३५ थान लुगा धुने साबुन,७० किलो दाल,७० किलो स्वायबिन (मस्यौरा),१५० किलो चिउरा,६० थान सेनेटरी प्याड,दुई लाख रुपैयाँ बराबराबरको ठुलो मान्छे र बालबालिकाको लुगा र पाँच हजार रुपैयाँ बराबरको औषधी बितरण गरिएको जनाइएको छ ।