हेटौंडा । आज मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ७ मा संगठन सुदृढीकरण,अभिमुखीकरण तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ। पार्टी केन्द्रीय निर्णय अनुसार आज उक्त कार्यक्रममा सहभागीहरु जसपा नेपालका केन्द्रीय सदस्य मेजरमान मोक्तान साथै मकवानपुर जिल्ला अभियन्ता तथा संयोजक प्रमुख अतिथिमा मनहरी गाउँपालिका अभियान्ता संयोजक दिलबहादुर रुम्बाको सभाध्यक्षमा कार्यक्रम भएका थिए । र जिल्ला नेता यस कुमार प्रजा, जीवनमान मोक्तान, जिवन पाख्रिन,सुभास दोङ र उत्तम गोम्जाको समन्वयमा गाउँ गाउँ जसपा र घरघर जसपा भन्ने मूल नाराका साथ संगठन सुदृढीकरण,अभिमुखीकरण र पार्टी प्रवेश कार्यक्रम मनहरी गाउँपालिकामा सम्पन्न भएका छन् ।
पार्टी प्रवेश कार्यक्रममा सहभागीहरू पुरानो पार्टीबाट छोडेका व्यक्तित्वहरू पनि उत्साहजनक सहभागी भएका थिए । भने उक्त कार्यक्रममा आज कम्तिमा पनि ५०-६० जनाको सहभागी रहेका थिए।
आजदेखि मकवानपुरमा जसपा नेपालको संगठन सुदृढीकरण,अभिमुखीकरण तथा पार्टी प्रवेश कार्यक्रम तिब्र रूपमा सुरू
आजदेखि मकवानपुरमा जसपा नेपालको संगठन सुदृढीकरण,अभिमुखीकरण तथा पार्टी प्रवेश कार्यक्रम तिब्र रूपमा सुरू

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु