हेटौंडा । टोल स्तरीय नकआउट फुटबल प्रतियोगितामा आज दिउँसो भएको सेमीफाइनल खेलमा फेरि पनि पेनाल्टी सुटआउटमा शान्ति समाज टोल विकास संस्था विजय भएको छ।
हेटौडा १३ पदमपोखरी आधामार टोल विकास संस्था आयोजक टिमको प्राङ्गणमा भएको खेलम तोकिएको निर्धारित समयमा कुनै पनि गोल दुवै पक्षबाट नभएपछि खेलको अन्तिम निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो।
आजको सेमिफाइनल खेलमा शान्ति टोल विकास संस्था र रमनथली टोल विकास संस्थाको आमुने सामुने भएको खेलको भिडन्तमा पेनाल्टी सुटआउटको माध्यमबाट रमनथली टोल विकास संस्थालाई शान्ति टोल विकास संस्थाले हराउन सफल भए । भने आजको खेलमा म्यान आफ दि म्याच खेलाडीको रूपमा बिमल पाख्रिन गोसित भएका छन् ।
सेमिफाइनल आजको जीतले गर्दा शान्ति टोल विकास संस्था फाइनल खेल प्रवेश गर्न सफल भएको छ। फाइनल खेल भने यही आउँदो १४ गते दिउँसोको २ बजे हुने आयोजक टिमले रेडियो भरोसा अनलाइनलाई जानकारी दिए । भने आजको खेलको प्रमुख अतिथि भने नेपाली कांग्रेसका सभापति बुद्ध लामा रहेका थिए ।