काठमाडौं । त्रिपुरेश्वर दशरथ रङ्गशालामा भएको खेलमा आज नेपाल बङ्गलादेशसँग २-१ ले पराजित भएको छ ।
आजको जीतले साप वुमन्स च्याम्पियनसिपको उपाधि बङ्गलादेशले आफ्नो हात पारेको छ। भने आज भएको यस हारको खेलले फेरि पनि नेपाल उपविजेतामा सिमित देखियो।
नेपालले पहिलो हाफदेखि दोस्रो हाफ आइपुग्दासम्म बङ्गलादेशलाई टक्कर दिईरहेको नै थियो । तर खेलको अन्तिममा आएर बङ्गलादेशका खेलाडीले नेपाललाई थप एक गोलले गर्दा नेपालले आफ्नो हार बेहोर्नुपर्यो।