हेटौंडा। विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा टोलस्थरीय नकआउट फुटबल प्रतियोगिता २०८१ अन्तर्गत आजको खेलमा शान्ति टोल विकास संस्थाले प्रथम पुरस्कार नगद रु ५० हजार सहित आफ्नो विजय सुरुवात गरेको छ।
हेटौडा १३ पदमपोखरी आधामार टोल विकास संस्था आयोजक टिमको प्राङ्गणमा भएको खेलमा शान्ति टोल विकास संस्थाले पेनाल्टी सुटआउटमा सक्रिय टोल विकास संस्थालाई १ गोलको अन्तरबाट हराउन सफल भएको छ ।
टोलस्तरीय नकआउट फुटबल प्रतियोगिता आजको खेलमा राखिएको निर्धारित समयमा दुवै पक्षबाट दोस्रो हाफपछि एकएक गोल गरेपछि खेलको निर्णय अन्तिम नभएपछि त्यसपछि पेनाल्टी सुटआउटको माध्यमबाट अन्तिम निर्णय गर्ने भएपछि दुवै टिमलाई पेनाल्टी सुटआउटमा लगियो । पेनाल्टी सुटआउटमा सक्रिय टोल विकास संस्था ४ गोल र शान्ति टोल विकास संस्था ५ गोल भएपछि खेललाई अन्तिम निर्णय पेनाल्टी सुटआउटमा गरिएको थियो।
आजको खेलमा बेस्ट प्लेयरको रुपमा खेलाडी नम्बर ३० का ईश्वर कोलेले नगद रु ५००० सहित बेस्ट ट्रफी पाउन सफल भएका छन् । भनें आजको खेलको कार्यक्रमको प्रमुख अतिथि हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बाँनिया रहेका थिए।