हेटौंडा। आज शुभ दिपावलीको मुख्य दिन धनदेवी धनाध्य श्री लक्ष्मी माताको पूजा आराधना गरेर सबैले घरघरमा लक्ष्मी भित्र्याएका छन्।
आज कुकुर तिहार र लक्ष्मी पूजा एकैदिन परेको हुनाले बिहान कुकुर पूजा गरी साँझ सबैले आफ्नो घरदैलो सफा सुगर गरेर सबैले घरघरमा लक्ष्मीको पूजा गरेका हुन् ।
आजको दिनमा महिला दिदीबहिनीहरूले मिलेर लक्ष्मी पूजा गरिसकेपछि आफ्नो गाउँ घरमा भैलो माग्ने चलन रहेको छ। चाडपर्वहरूमध्ये तिहार पर्वलाई फुलै फुलको चाड र बत्तीहरू झिलिमिलीको चाड भनेर पनि चिनिन्छ ।
हेटौडा १४ मयुर धापमा पनि सबैले तिहारलाई हर्ष उल्लासका साथ आज लक्ष्मी पूजा गरेर आफ्नो आफ्नो घरमा लक्ष्मी मातालाई भित्र्याएका छन्। भने अहिले भैलो खेल्ने महिला दिदीबहिनीहरूको गाउँघरमा विशेष चहलपल रहेको छ।