काठमाण्डौं । जुवा खेलिरहेको अवस्थामा मोरङको एक पार्टी प्यालेसका सञ्चालकसहित दश जना जुवाडे पक्राउ परेका छन् ।
विराटनगर महानगरपालिका ११ स्थित संगम पार्टी प्यालेसबाट उनीहरुलाई राति विशेष सूचनाको आधारमा प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रहरीले उनीहरूको साथबाट नगद रु दश लाख छ हजार ९५५ रुपैयाँ तास सहित बरामद गरेको छ।