काठमाडौँ । आजबाट सामाजिक सञ्जाल टिकटकलाई नेपाल सरकारले आधिकारिक रुपमा मान्यता दिलाएको छ। यस खबरले टिकटक प्रयोगकर्ताहरूको लागि निकै खुसीको कुरा देखिन्छ । विधि र प्रक्रिया अनुसार आजबाट सामाजिक सञ्जाल टिकटक सूचीकृत भएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ताले जानकारी दिए ।
टिकटक कम्पनीले नेपाल सरकारको मन्त्रालयमा राखेका सबै शर्त र सामाजिक सञ्जाल व्यवस्थित गर्ने निर्देशिका व्यवस्था गरेका विषयहरूमा सहमत भएपछि आजबाट टिकटकलाई प्रमाणपत्र दिएको बताइएको छ। टिकटकले नेपालको पर्यटन प्रवर्धनमा सहयोग पुग्ने सामग्रीहरू सहयोग गर्ने, डिजिटल साक्षरताका विषयमा पूर्ण रुपमा सहयोग गर्ने लगायतका नेपाल सरकारले तोकेको शर्तहरू पूरा गर्ने सहमत गरेको छ ।
आजबाट नेपालमा टिकटक एकाउन्ट आधिकारिक रूपमा नेपालको ऐन कानुनको परिपालना गर्ने प्रक्रिया अगाडि बढेको छ । यस अघि नेपाल सरकारले २०८० साल कार्तिक २७ गते टिकटक एकाउन्टलाई बन्द गरेकोमा भदौ १९ गते पुन फुकुवा गरेको थियो।
नेपालमा यस्तै अरु अन्य सामाजिक सञ्जालहरू धेरै रहेका छन्। जस्तै फेसबुक, इन्स्टाग्राम, ह्यटसएप, थ्रेडस लगायत सामाजिक सञ्जालहरू नेपालमा सूचीकृत हुन बाँकी नै रहेको देखिन्छ । यि सामाजिक सञ्जालहरू कुनै पनि बेला बन्द हुने जाने अवस्थामा पनि देखिन्छ । किनकि यि सबै सामाजिक सञ्जालहरू नेपालमा अहिले सूचीकृत भएको छैन।