काठमाडौँ । इपिडिमिलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाकाले पछिल्लो समयमा नेपालमा डेङ्गी संक्रमणको संख्या घट्दै गएको बताएको छ।
सन् २०२४ को ४२ औँ हप्तादेखि नेपालमा डेङ्गी संक्रमण घट्न थालेको हो। अहिले नेपालमा डेङ्गी संक्रमण ४५ हप्तामा चलिरहेको छ। ४२ औँ हप्तामा २ हजार ५०० जनामा संक्रमण पुष्टि भएको थियो। त्यस्तै ४३ औं हप्तामा दुई हजार चार सय, ४४औ हप्तामा १ हजार ७१ र ४५ औं हप्तामा भने जम्मा ५५ जनामा संक्रमण पुष्टि भएको महाशाखाले जानकारी दिए ।
डेङ्गी संक्रमणको कारणले गर्दा नेपालमा अहिलेसम्म १२ जनाको मृत्यु भएको तथ्याङ्कमा उल्लेख गरिएको छ। भने २९ हजार १५८ जनामा संक्रमण पुष्टि भएको देखिन्छ ।