हेटौंडा। अस्ट्रेलियन सरकारले अब १६ वर्ष मुनिका बालबालिकाहरुलाई कुनै पनि सामाजिक सञ्जालहरू चलाउनमा रोक लगाउनु भएको छ ।
पछिल्लो समयमा सामाजिक सञ्जालहरूले स-साना बालबालिकाहरूको शारीरिक र मानसिक स्वास्थ्यमा निकै नै जोखिमहरू पुगेको भन्दै प्रधानमन्त्री एन्थोनी अल्बानिजले यस किसिमको नीति ल्याउन लागेको बताएको छ।साथै सामाजिक सञ्जालको गलत प्रयोगले बालिकाहरू यौन शोषणमा परिरहेको र बालकहरूको स्तर उन्नतिको विकासमा पनि असर हुन गएको भन्दै यस नीति कानुन ल्याउन थालेको अस्ट्रेलियाका प्रधानमन्त्रीले बताए ।
अब यस किसिमको कानुन निर्देशिका अस्ट्रेलियामा पारित हुना साथ त्यहाँका १६ वर्ष मुनिका सबै बालबालिकाहरूले सामाजिक सञ्जाल कुनै पनि चलाउन पाउने छैन ।