काठमाडौँ। नेपालले कर्नाटकको १९ मुनिको टोलीसँगको चौथो अभ्यास खेलमा १९ वर्ष मुनिको नेपाली क्रिकेट टोलीसित ५ विकेटले पराजित भएको छ।
नेपालले नेपाली दिएको १ सय ६ रनको लक्ष्य कर्नाटकको टोलीले ३७ ओभरमा पाँच विकेट गुमाएर भेटाएको थियो। भने कर्नाटकका अक्षत प्रभाकरले २४ रन बनाएका थिए । नेपालका तर्फबाट भने सन्तोष यादवले तीन विकेट लिएको थियो।
टस जितेर ब्याटिङ गरेको नेपाली युवा टोलीले ३५ ओभर १ बलमा अलाउड भएको थियो। नेपालका खेलाडी मयन यादवले ३४ र रोशन विकले नकआउट बाट ३४ रन बनाए पनि ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेको थिएन। कर्नाटकका अक्षतले भने ५ विकेट लिएको थियो।
आज भएको मूलपानी खेल मैदानमा कर्नाटकको जितसँगै पाँचखेलको श्रृङ्खलामा दुई-दुई को बराबरी भएको छ। यसअघिको खेलमा पहिलो खेल कर्नाटकले जितेको थियो। भने दोस्रो खेल नेपालले जितेको थियो। तेस्रो खेलमा भने नेपालले आफ्नो विजय सुरुवात गरेको थियो।
अब हुने श्रृङ्खलाको अन्तिम खेल पर्सि बिहीबार हुनेछ ।