पाकिस्तान। पाकिस्तानको उत्तरपश्चिममा भएको आक्रमण परी आठजना सैनिकको मृत्यु भएको छ। साथै सात जना प्रहरी अपहरणमा परेको समाचार संस्था एएफापिले जनाएको छ।
झडप भने पाकिस्तानको खैबर – पख्तुनख्वा प्रान्तको तिराहा क्षेत्रमा भएको थियो । झडपमा नौ जना आतंकवादी मारिएका छन्। उक्त झडपको जिम्मेवारी भने पाकिस्तानी तालिबान (टिटिपी) लिएको छ ।
अफगानिस्तानको सिमानामा पाकिस्तानी तालिवानको आक्रमण बढिरहेको छ। तालिबानको समूहले अक्टोबर २५ मा १० जना प्रहरी अधिकारीको हत्या गरेको थियो।
प्रान्तीय राजधानीको रेल स्टेसनमा यही समूहले गरेको बम विस्फोटमा १४ जना सैनिक सहित २६ जनाको मृत्यु भएको थियो। भने एक हप्तापछि शनिबार पाकिस्तानको दक्षिण पश्चिम बलुचिस्तान प्रान्तमा उनीहरूले सात जना सैनिकको हत्या गरेका थिए।