युक्रेन। पछिल्लो समयमा निकै चर्चामा रहेको युकेन रुसको युद्ध अहिले निकै धमाशाही हुने अवस्थामा देखिएको छ।
रुसले युक्रेनी भूमिमा प्रवेश गरेर आक्रमण गरेको आज १ हजार दिन पूरा भइसकेको छ। यसरी युद्ध लम्बिँदा अन्तर्राष्ट्रिय संचार माध्यमहरुले यो संकेत राम्रो नभएको उल्लेख गरेका छन्।
बेबीसीका अनुसार आक्रमण सुरु गरेको हजार दिन पूरा भएको दिन हिजो मात्र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले संशोधित आणविक सिद्धान्तमा हस्ताक्षेप गरेको छ। अब नयाँ नीति रुसले युद्धमा आणविक हतियार प्रयोग गर्ने ठूलो सम्भावना उल्लेख गरेका छन्।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरे अनुसार अमेरिकी राष्ट्रपति जो बाईडेनले युक्रेनलाई अमेरिकामा बनेका लामो दुरीका क्षेप्यास्त्र रुसी भूमिमा प्रयोग गर्न दिएपछि आएको नीतिले युक्रेन युद्धलाई झन् खराब अवस्थामा पुर्याएको उल्लेख गरेका छन्।
अमेरिकाले अनुमति दिएको लामो दूरीको क्षेप्यास्त्र युकेले रुसमा प्रहार गर्न थालेको छ। रुसले पनि ड्रोनको सहायताबाट तीव्र गतिमा युक्रेनलाई आक्रमण गरिरहेको अवस्था छ।
यता अमेरिकाले भने युक्रेनमा रहेको आफ्नो दुताबास बन्द गरेको छ। रुसबाट हुनसक्ने ठूलो आक्रमणलाई ख्याल राखेर उसले आफ्नै दूतावास बन्द गरेको हो । अमेरिकन दूतावासले युक्रेनमा अब यो २० तारिखमा रुसबाट ठूलो हवाई आक्रमण हुन सक्ने जानकारी उल्लेख गरेको छ।
अहिलेसम्म यो दुई राष्ट्रको बीचको युद्धले झन्डै डेढ लाख रुसी सेना, एक लाख युक्रेनी सेना र १२ हजार जना भन्दा धेरै युक्रेनी नागरिक मारिएको विवरण उल्लेख भए पनि स्वतन्त्र पुष्टि भएको छैन ।
दुई राष्ट्रको युद्धको कारणले युक्रेनबाट झन्डै ६२ लाख मानिस आफ्नो देशबाट विस्थापित भएको छ। भने ३७ लाख जना भन्दा धेरै मानिसहरू आफ्नै देशभित्र विस्थापित भएका छन्। साथै यही युद्धको कारणले पनि धेरै मात्रामा भौतिक ठूलो क्षति भएको छ।