युकेन। रुसले पहिलोपटक हजार किलोमिटर पर सम्म प्रहार गर्न सक्ने ब्यालेस्टिक क्षेप्यास्त्र युक्रेनमा प्रहार गरेको छ । रुस र युक्रेनी युद्धमा यो पहिलोपटक हजारौँ किलोमिटरसम्म पर प्रहार गर्न सक्ने शक्तिशाली क्षेप्यास्त्र युक्रेनको वायुसेनालाई उदृत गर्दै बीबीसीले जनाएको छ।
युक्रेनले भने रुसमाथि अमेरिका र बेलायतले दिएको क्षेप्यास्त्र यस अघि पहिला नै प्रहार गर्दै आएकोमा आज भने पहिलोपटक रुसले अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको समाचार उल्लेख छ।
रुसी युक्रेन युद्धमा युक्रेनी सेनाले आक्रमणको क्रममा छ वटा के ११० क्रुज क्षेप्यास्त्र झारेको बताएको छ । उता रुसी रक्षा मन्त्रालयले भने आफ्नो हवाई र प्रतिरक्षाले बेलायतले बनाएको दुईवटा स्टर्म स्याडो क्रुज क्षेप्यास्त्र खसालेको दाबी गरेको छ।