काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले आगामी चुनाव २०८४ को निर्वाचनमा जोडिने बताएका छन्। काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले आगामी चुनावमा भाग लिने निर्णय हुन सक्ने उल्लेख गरेका हुन् ।
महासचिव चन्दले भने; नेपालको छ हजार वार्डमा चुनाव लड्नेछौं,७५३ पालिकामा लड्नेछौं,१६५ मा लड्नेछौं भन्दै युवा साथीहरू,बुद्धिजीवी साथीहरू देशभक्त नागरिकहरू,जनजातिहरू,महिला र मजदुर किसानहरूको साथ लिएर एकचोटी जनक्रान्तिलाई अब आउने २०८४ को चुनावमा प्रयोग गर्ने छौं।’
त्यस्तै उनले भने; तपाईँहरूको पार्टीले अब चुनावमा भाग लिन पर्यो भनेर सुझाव पनि आएको बताए । तपाईँहरूले बन्दुकको कुरा मात्र गरेर हुँदैन,तपाईँहरूलाई युद्धको कुरा मात्र गरेपनि हुँदैन,हामीलाई भाग लिन दिनुहोस् भन्ने माध्यम वर्गका साथीहरूले आग्रह गरेको उल्लेख गरेका छन्।
२०८४ मा चुनावमा जान धेरै साथीको सुझाव हामीप्रति रहेकोले साथीहरूको सुझावलाई मध्यनजर गर्दै हामी चुनावमा जान सक्ने छौं। उनले भने । यो २०८४ को चुनावमा नेकपाले सबै मोर्चाबाट संघर्ष सशक्त रुपमा चल्नेछ।
उनले भने; आउँदो २०८४ मा यदि सरकार चुनावको मैदानमा प्रतिस्पर्धा गर्न चाहन्छ भने तीन कुरालाई बुँदागत रुपमा पालना गर्नुहोस्,हामी भन्छौं सरकारलाई।
अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनले भने; तीन बुँदे कार्यान्वयनको मागको पालना गर्नुहोस्। ओली प्रधानमन्त्री हुँदा नै ३ बुँदे सहमति भएकाले कार्यान्वयन गर्न पनि उनले माग राखे ।
हामी समक्ष गरेको तीनमध्ये बुँदालाई कार्यान्वयन गरेन र त्यसको विपरित कार्य गरेर आफ्ना कार्यकर्ता विरुद्ध मुद्दा चालिरहेको छ । उनले भने ।
ओली सरकारले हामी समक्ष गरेको तीन बुँदे सहमतिको पाटोमा अहिलेको यो सरकार अघि बढ्छ भने २०८४ को चुनावमा हाम्रो पार्टीले भाग लिनेछ। उनले भने ।
हाम्रो पार्टीले के निर्णय गर्छ भने तीन बुँदेलाई इमान्दारीपूर्वक लागू गरिन्छ भने हामी यो २०८४ को चुनावमा मैदान उत्रेका सबै पार्टीसँग हामी प्रतिस्पर्धा गर्ने तयार हुन्छौँ। उनले भने।