हेटौंडा। आज भएको नेत्रहीन टि-२० विश्वकप क्रिकेटमा नेपालले पहिलो जीत सुनिश्चित गरेको छ। नेपालले अफगानिस्तानलाई १ सय ८ रनले पराजित गराएको छ ।
नेपालले दिएको २२९ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले २० ओभरमा नौ विकेट गुमाएर १ सय २० रन मात्र बनाउन सक्यो । यता नेपाललाई प्रतिनिधित्व गरेका सुनिता मगरले भने तीन विकेट बनाउन सफल भएको थियो ।
यसअघि पाकिस्तानमा टस हारेर ब्याटिङ गरेको नेपालले २० ओभरमा दुई विकेट गुमाएर २ सय २८ रन बनाउन सफल भएको थियो । नेपाललाई प्रतिनिधित्व गरेका पदम बडैलाले नकआउटमा ९२ रन बनायो भने नरेश चौधरीले पनि नकआउटमा ७२ रन बनाएका थिए ।
नेपाल यस अघि बङ्गलादेश र श्रीलंकासँग पराजित भएको थियो। अब नेपाली टोलीले भोलि दक्षिण अफ्रिकासँग खेल खेल्ने छ ।