हेटौंडा। आज मकवानपुर प्रहरीले स्रोत नखुलेको ४६ हजार विदेशी मुद्रा बरामद गरेको छ। प्रहरी प्रमुख विश्वराज खड्काको कमाण्डमा खटेको प्रहरी टोलीले उनीहरुलाई समाउन सफल भएको हो।
आज बरामत गरेको युएस र युरोप मुद्रा नेपाली बजारमा झन्डै करिब ६२ लाख ९० हजार ३५ रुपैयाँ हुन आउने प्रहरी एसपी खड्काले जानकारी दिए ।
पक्राउ पर्नेहरूमा भारत उत्तर प्रदेशको जालौन बस्ने वर्ष ४० का विजय सिंह कुशवाह,गोरखपुर बस्ने वर्ष २६ का प्रशान्त पाठक र राजस्थान चितोरगढ बस्ने वर्ष ३२ का राहुल कुमार माण्डावत रहेको प्रहरीले जनाएको छ ।
एसपी खड्काका कमाण्डमा खटेको प्रहरीले सो स्रोत नखुलेको विदेशी मुद्रा रु ४६ हजार सहित तीनजना भारतीय नागरिक पक्राउ गर्न सफल भएको हो । उनीहरूलाई राति विशेष सूचनाको आधारमा एसपी खड्काको टोलीले रकमसहित पक्राउ गर्न सफल भएको हो ।
काठमाडौँबाट हेटौडा आउँदै गरेको बा.प्र ०३-००१ ज ०७६५ नम्बरको ईभि माइक्रोपोसलाई रोकेर चेक जाँच गर्ने क्रममा सो रकम सहित उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिए ।
मकवानपुर जिल्ला प्रहरी कार्यालयले बरामद गरेको उक्त रकमहरू राजस्व अनुसन्धान कार्यालय मिन भवन पठाउने र पक्राउ परेकालाई थप अनुसन्धानको दायरामा राखि कारबाही अगाडि बढाउने भएको छ ।