हेटौडा। मङ्सिर १६ गतेको अध्यक्षको पदको उपनिर्वाचन लागि अहिले हेटौडा १२ मा विभिन्न राजनीतिक दलहरुले आफ्नो चुनावी अभियान चलाइरहेको छ।
यता उपेन्द्र यादवका पार्टी जसपा नेपालबाट आफ्नो उम्मेदवारी दिएका छविलाल वाइवा (पहाड) ले पनि सशक्त ढङ्गबाट आफ्नो चुनाव अभियान चलाइरहेको छ।
चुनावी प्रचारको क्रममा आज जसपा नेपालका उम्मेदवार वाइवाले घरदलो कार्यक्रम अन्तर्गत हेटौडा १२ पर्ने पूर्वेली गाउँ, सल्ले दमार,आप धाप,आल्दमार,कल्याणटार र गुरौ बिर्ता घर का गाउँहरूमा पुगेर आफ्नो चुनावी प्रचार कार्यक्रम सम्पन्न गरेको छ ।
जसपा नेपालका उम्मेदवार वाईवाले चुनावी प्रचारको क्रममा हेटौंडा १२ नम्बरमा भने; “अबको स्थानीय तहको वडाको अध्यक्ष तामाङ समुदायको हुनुपर्छ। हामी पहिचानवादी बोकेको एक राजनीतिक दल हौँ। पहिचानको मुद्दालाई हामी भनेर होइन गरेर देखाउँछ । यसपटकको मत हामीलाई दिनुहोस् ।”