काठमाडौँ। सरकारले सुनको भन्सार दर घटाए देखे सुनको भाउ ओरालो लागिरहेको छ। हिजो र आज प्रतितोला १८ हजार ५ सय रुपैयाँले तल गिरावट आएको छ। सुन प्रतितोला १ लाख ४८ हजार ७ सय रुपैयाँका दरले कारोबार भइरहेको नेपाल सुनचादी व्यवसायी महासंघले जनाएको छ।
सुनको भाउ हिजो एकै दिन १५ हजार ९ सय रुपैयाँले घटेको थियो । त्यस्तै चाँदीको भाउ पनि २५ रुपैयाँले घटेको छ। चाँदीको भाउ २५ रुपैयाँले घटेर १ हजार आठ सय २० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ।
सरकारले बढ्दो भन्सारमा हुने तस्करीको चोरीचकारीलाई रोकथाम गर्नको निमित्त लगाएको नीति अनुसार पछिल्लो समयमा सुनको भाउ ओरालो लागिरहेको छ। सरकारले सुनको भन्सार दर २० प्रतिशतबाट १० प्रतिशतमा र चाँदीमा १५%बाट १० प्रतिशतमा झारेको थियो।