काठमाडौँ। पछिल्लो समयमा चिसोको मात्र बढ्दै गर्दा काठमाडौँका विभिन्न सहरहरूमा बायुको प्रदूषण पनि बढिरहेको छ । काठमाडौँ उपत्यका वायु प्रदूषणको ९ औँ सहरको सूचीमा पर्छ।
अहिले काठमाडौँ उपत्यकाको भयो वायु एअर क्वालिटी इन्डेक्स एक्युआइ १ सय ८० पुगेको अवस्था छ। यस्तै हाँडीगाउँमा एक्युआई ९ सय ८८,चितवनको मेघौंलिको वायु प्रदूषण पनि अस्वस्थ अवस्थामा पुगेको छ। मेघौलीको २ सय २८ पुगेको छ।
१ सय ५० सम्मको एक्युआई सन्तोषजनक मानिन्छ भने १५० देखि २०० सम्म अस्वस्थ र ३०१ देखि ५०० सम्मको वायुलाई कति खराब मानिन्छ ।
छिमेकी मुलुक भारतमा वायुको प्रदूषण बढिरहेको अवस्थामा त्यसको असर पनि नेपालमा पर्ने देखिएको छ। भारतमा किसानहरूले धान बाली भित्र्याइसकेपछि पराललाई जलाउने प्रक्रियाले गर्दा वायु प्रदूषण हुने गरेको पाईन्छ ।
जसको असर नेपाललाई पनि सिधा परेको देखिन्छ। अब केही समयपछि नेपालको वायु पनि प्रदूषणका मात्र बढ्ने त्रिभुवन विश्वविद्यालयको मौसम विज्ञान केन्द्रय विभागले जानकारी दिए।