काठमाडौँ। अबदेखि योगदान आधारित वैदेशिक रोजगारमा रहेका श्रमिकका श्रीमान श्रीमती तथा १८ वर्ष मुनिका छोराछोरीहरुले समेत सामाजिक सुरक्षा कोषमा सूचीकृत भएर स्वास्थ्य उपचारको सुविधा पाउने भएका छन्।
सामाजिक सुरक्षा कोषमा अनलाइन प्रणाली मार्फत सेवा दिने अस्पतालको संख्या अहिलेसम्म ९० वटा रहेको कोषका कार्यकारी निर्देशक अधिकारीले जानकारी दिए।
आज सातौं सामाजिक सुरक्षा दिवसका अवसरमा भएको कार्यक्रममा सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशकले पहिले वैदेशिक क्षेत्रका श्रमिकले मात्र औषधि उपचार पाउने गरेकोमा अब उनीहरुका श्रीमान श्रीमती र १८ वर्ष मुनिका छोराछोरीहरूले पनि अब त्यो सेवा पाउने भएको जानकारी दिए ।
कार्यकारी निर्देशन अधिकारीका अनुसार; हिजो सोमबारसम्म औपचारिक क्षेत्रमा १९ हजार ७ सय ६७ रोजगारदाता र पाँच लाख ४३ हजार ८८ जना श्रमिक त्यहाँ आबद्ध रहेका छन्।
अहिलेसम्म कोषले श्रमिक बिरामी भएको, दुर्घटना परेको, अशक्त भएको, जेष्ठ नागरिक र मृत्यु दाबीबापत रु ११ अर्ब ६२ करोड रुपैयाँ योगदानकर्ता र उनीहरुका परिवारलाई भुक्तानी गरिसकेको कार्यकारी निर्देशक अधिकारीले जानकारी दिए ।
कार्यकारी निर्देशन अधिकारी भन्छन्; खोजको दायरा विस्तारको लागि खोजको केन्द्रीय कार्यालयका साथै विराटनगर,सिमरा,बुटवल,नेपालगञ्ज,पोखरा र जनकपुरमा कार्यालय स्थापना गरिएको र यही आर्थिक वर्षभित्र कर्णाली प्रदेशको र सुदूरपश्चिमको धनगढीमा पनि कार्यालय स्थापना गर्ने योजना रहेको कोषले जनाएको छ यो कार्यालय स्थापना भएपछि कोषको सातै वटा प्रदेशमा पहुँच पुग्नेछ ।