पाकिस्तान। पाकिस्तानमा अहिले पूर्व प्रधानमन्त्री इमरान खानको रिहाइको माग गर्दै पिटीआई पार्टीका हजारौं कार्यकर्ताहरू जुलुस सहित राजधानी इस्लामाबाद पुगेका छन् ।
पूर्व प्रधानमन्त्री ईमरान खानको विशेष आह्वानमा आइतबारदेखि सुरु भएको प्रदर्शनमा सयौ प्रदर्शनकारीहरू पक्राउ परेका छन्। जबसम्म आफ्नो नेता इमरान खानको रिहाई हुँदैन तबसम्म आन्दोलनका कामहरू भइरहने उनीहरू बताउँछन् ।
बीबीसीका अनुसार;” पिटीआईका कार्यकर्ताहरू प्रमुख सरकारी भवनहरू रहेको डी चोक वा डेमोक्रेसी स्क्वायरमा पुग्दा उनीहरूलाई सशस्त्र प्रहरी बलहरूले अश्रु ग्यास प्रहार गरेको छ।”
सरकारी तवरबाट विभिन्न अवरोधहरू गरेता पनि आन्दोलनकारीहरू हजारौं मानिसहरूको साथ जुलुस सहित पाकिस्तानको राजधानी इस्लामाबाद प्रवेश गरेको हो ।
इस्लामाबादका डेपुटी कमिस्नर इरफान नमाजका अनुसार;राजधानी इस्लामबादमा प्रदर्शनकारीहरूलाई प्रहरी र अर्धशैनिक बलहरूले नरोकेको र अवस्था अहिले शान्तिपूर्ण रहेको उल्लेख गरेको छ।
पाकिस्तानी सरकारले गएको शनिबारदेखि राजधानी प्रवेश गर्ने सबै नाकाहरु बन्द गरेको छ। इन्टरनेट सेवालाई पनि छिटपुट रूपमा बन्द गरेको छ।
अहिले पाकिस्तानमा सैन्य प्रभाव निकै लचिलो मानिने दलहरूको गठबन्धनले इमरान खानलाई सत्ताबाट बाहिर राखेको छ। जसले गर्दा अहिले पाकिस्तानको राजधानी इस्लामाबादमा पिटीआईका कार्यकर्ताहरूले आन्दोलन गरिरहेको छ। सन् २०१८ देखि २०२२ सम्म इमरान खानले आफू प्रधानमन्त्री भएको बेला भ्रष्टाचार र दङ्गा भड्काउने कार्य गरेको आरोपमा अहिले जेलमा थुनिएको छ ।