काठमाडौँ। आज नेप्से परिसूचक शेयर बजार सामान्य रूपमा घटेको छ। हिजो उच्च अंकले बढेको सेयर बजार आज घट्न गएको हो।
आज सेयर बजार परिसूचक नेप्सेमा ८ सय दशमलव ३० अङ्कले घटेर २ हजार ७ सय ४८ दशमल शून्य पाँच बिन्दुमा झरेको छ।
नेपाली सेयर बजारमा आज विकास बैंक,जीवन बीमा र लगानी बाहेक सबै समूहको सेयर बजार आज तल ओरालो लागेको छ। भने सबै भन्दा धेरै होटल,जलविद्युत उत्पादन निर्जीवन जीवन बिमा समूहको सेयर बजार आज उच्च अङ्कले ओरालो लागेको हो ।
आज कारोबार रकम पनि घटेको छ। आज ३ सय सातवटा कम्पनीका एक करोड ६६ लाख कित्ता सेयर ८ अर्ब ५४ करोड रुपैयाँ मा कारोबार भएको छ ।
समग्र नेपाली सेयर बजारमा केही गिरावट आए पनि विशाल बजार कम्पनी र विन नेपाल लघु वित्तीय संस्थाको सेयर भने १० प्रतिशतले बढेको छ।