हेटौंडा। युएइमा आजदेखि सुरु भएको एसीसी यू – १९ एसिया कप पहिलो खेलमा नेपालले श्रीलंकासँग खेलिरहेको छ।
अहिले जारी भइरहेको खेललाई जित्न नेपालले २३४ रन लक्ष्य पाएको छ । यता श्रीलंकाले टस हारेर ब्याटिङको निम्तो पाएको ५० ओभरमा सबै विकेट घुमाएर उसले २३३ रन बनाएको थियो।
श्रीलंकाका खेलाडी सरुजन सनगुगानाथनले सर्वाधिक रनको ३२ बनाएका थिए। भने लकविन अभेसिङ्गले ५० रन र कविजा गमागेले ३७ रन बनाएका थिए ।
यता नेपालको तर्फबाट भने सन्तोष यादवले १० ओभरमा ४५ रन दिएर चार विकेट लिएका थिए । भने युवराज खत्रीले दुई तथा कप्तान हेमन्त धामी र नरेश साउथले एक एक विकेट लिन सफल भएको थियो।