रामेछाप। रामेछापको गोकुल गङ्गा गाउँपालिका ४ का वडाध्यक्ष रामचन्द्र बस्नेतसहित ५ जनाको सुमो दुर्घटनाबाट मृत्यु भएको छ।
आज काठमाडौँबाट रामेछापको बेताली तर्फ जाँदै गरेको ७१२३ नम्बरको सुमो गोकुल गङ्गा गाउँपालिकाको फुर्पु जिरोकिलोवाट नमादिस्थित सिमखोला भन्ने खोलामा दुर्घटनाग्रस्त भएको हो ।
सवारी दुर्घटनाग्रस्तबाट वडाध्यक्ष सहित अन्य पाँचजनाको घटनास्थलमै मृत्यु प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सवारी साधनमा सवार ८ जना यात्रु रहेका थिए। दुर्घटना परेका घाइते तीनजनालाई उद्धार गरेर अस्पतालतर्फ पठाइसकेको प्रहरीले जानकारी दिए ।
सवारी साधन के कसरी दुर्घटना भयो भन्ने विषयमा थप अनुसन्धान घटनाबारे आउन बाँकी रहेको छ।