काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई काठमाडौँ ल्याएर जिल्ला सरकारी कार्यालयका वकिलले ४ चार घण्टा बयान लिएको छ।
कालिमाटीको स्वर्णलक्ष्मी सहकार्य संस्थाको रकम अपचलन गरेको आरोपमा आज जिल्ला सरकारी कार्यालयका वकिलले रास्वपाका सभापति लामिछानेलाई बयान लिएको हो । बाँकी बयान भने अब आइतबार लिने कार्यालयले जनाएको छ।
आज रास्वपाका सभापति रवि लामिछानेलाई बयान लिने जिल्ला सरकारी कार्यालयका वकिलहरूमा जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसन्धान अधिकारी प्रहरी नायक उपरिक्षक (डीएसपी) हरि खतिवडा र जिल्ला न्यायाधिवक्ता खडीन्द्रराज कटुवाल रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेको रास्वपाका सभापति लामिछानेलाई काठमाडौँ ल्याएर अनुसन्धानको लागि बयान लिएको हो ।
काठमाडौँको जिल्ला सरकारी कार्यालयमा रास्वपाका सभापति लामिछानेलाई बयान लिइरहँदा यता रास्वपाका कार्यकर्ताले लामिछाने बचाउ अभियानमा सरकारी वकिल कार्यालयमा नजिकै माइतीघरमा प्रदर्शन गरेका छन्।
रास्वपाका सभापति लामिछानेलाई सहकारी ठगी र संगठित अपराध कसुरमा प्रहरीले भएको कार्तिक २ गते पक्राउ गरेको थियो।