रामेछाप। आज रामेछापमा भएको सुमो दुर्घटनाबाट मृत्यु भएका पाँचजनामध्ये एक जनाको पहिचान हुन सकेको छैन। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार मृत्यु हुनेहरूमा त्यही पुरुष दुई महिला र एक पालिका रहेको उल्लेख गरेको छ।
दुर्घटनामा परेका सुमोमा सवार गोकुल गङ्गा गाउँपालिका ४ का वडाध्यक्ष रामचन्द्र बस्नेत सहित पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ।
यसै गरी ड्राइभर सुमो चालकको पनि घटनास्थलमै मृत्यु भएको छ । सुमो चालक मन्थली नगरपालिका १० का वर्ष ३५ का हिराबहादुर कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ।
त्यस्तै गोकुल गंगा गाउँपालिकाका ५ का वर्ष ३० का कविता कार्की र उनकी ७ वर्षीय छोरी स्वस्तिका खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ। भने अर्का एक जना मृतकको पहिचान भने हुन सकेको छैन।
आज काठमाडौँबाट रामेछापको बेतालीतर्फ जाँदै गरेको ना १ ज ७१२३ नम्बरको सुमो दिउँसो १ बजेर ५० मिनेटमा गोकुल गंगा गाउँपालिका ६ मा पर्ने सिमल डाँडा भीरमा अनियन्त्रित भई सुमो सडकबाट ३०० मिटर तल खसेको थियो।
उक्त सूमोमा सवार यात्रीहरू आठजना रहेका थिए । गाडीमा सवारी ५ जनाको मृत्यु र तीन जनाको घाइते अवस्थामा उपचारका लागि काठमाडौँ पठाउने तयारी भएको प्रहरीले जनाएको छ।
सुमो दुर्घटनाबाट घाइते भएकाहरु कास्की लेखनाथ नगरपालिका घर भएका वर्ष ४२ का केशव शर्मा र रामेछापको गोकुल गङ्गा चारका बेतालिकी वर्ष २७ की सरस्वती कार्की रहेका छन् ।
अन्दाजी तीन चार वर्षका बालक घाइते भएको र उनको शरीरभित्र विभिन्न भागमा चोटपटक लागेको अवस्था छ । र अर्का एकजनाको घाइते भएका व्यक्तिको पहिचान प्रहरीले जनाएको छ।