मनहरी । मनहरीमा भोलि अर्थात १५ गते देखि २३ गते सम्म सञ्चालन हुने दोस्रो गोकुल राउत स्मृति खुल्ला नकआउट फुटबल प्रतियोगीताको तयारी पुरा भएको छ ।
शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगीताको तयारी पुरा भएको जानकारी दिए । एफ.सि मनहरीको आयोजना तथा खेलकुद विकास समिति मनहरीको समन्वय र रेवा इन्टर नेशनल एकेडेमीको प्रायोजनमा मनहरी–७ रमौलीमा रहेको प्रस्तावित मदन भण्डारी क्षेत्रिय रंगशालामा खेल सञ्चालन हुने छ ।
पत्रकार सम्मेलनमा बोल्दै एफ.सि मनहरीका अध्यक्ष आसिस गुरुङले प्रतियोगीतामा १२ टिमको सहभागीता रहने जानकारी दिए ।
प्रतियोगिताको विजेता टिमले नगद रु.१ लाख , ट्रफि , मेडल र प्रमाणपत्र ्र्र प्राप्त गर्ने छ भने दोस्रो हुने टिमले नगद रु. ५० हजार , शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने अध्यक्ष गुरुङले जानकारी दिए । त्यसका साथै वेष्ट कपर,बेष्ट प्लेयर लगाएतका बिधागत रुपमा उत्कृष्ट हुने खेलाडीलाई पुरस्कारको व्यवस्था रहेको जानकारी दिए ।
प्रतियोगीताको प्रथम पुरस्कार स्वर्गीय राउतका परिवारले व्यवस्था गर्ने छ। कार्यक्रममा खेलकुद विकास समिति मनहरीका अध्यक्ष बिरु लामा स्वर्गिय राउनका पिता लगाएतको उपस्तीथी रहेको थियो ।