काठमाडौँ। नेपाल पहिलोपटक एसीसी १९ वर्षा मुनिको पुरुषको एसिया कप क्रिकेटमा श्रीलंकासंग ५५ रनले पराजित गर्न सफल भएको छ।
श्रीलंकाले दिएको २ सय ३४ रनको लक्ष्य पछ्याएको नेपाल ४६ ओभर २ बलमा १ सय ७८ रनमा अलआउट गर्न सफल भएको थियो । नेपालला खेलाडी मयन यादवले सबैभन्दा धेरै बनाउन सफल भएको थियो । उता श्रीलङ्काका खेलाडी प्रभिन मनिषाले त्यो समयमा तीन विकेट मात्र लिन सफल भएको थियो।
यस अघि युएईको शारहाजमा टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ३३ रन बनाउन सफल भएको थियो ।
युएईमा आजदेखि सुरु भएको प्रतियोगितामा आठ देशका खेलाडीहरू सहभागी भएका छन्। १९ वर्ष मुनिको एसिया कपमा समुह (ए) अन्तर्गत भारत,पाकिस्तान,जापान र युएई रहेका छन्। त्यस्तै समुह (ब) अन्तर्गत नेपाल,श्रीलङ्का बङ्गलादेश र अफगानिस्तान रहेका छन्।
नेपालबाट प्रतिनिधित्व गरेका नेपाली खेलाडीहरूले समूह चरणको दोस्रो खेलमा आइतबार बंगलादेशसँग र तेस्रो तथा अन्तिम खेल अफगानिस्तानसँग खेल्नेछ । यस खेलबाट समूहका दुई टोली सेमीफाइनलमा पुग्नेछन् ।