काठमाडौँ। मेडिकल व्यवसायी दुर्गा प्रसाईले आफ्नो बयानमा प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध लगाउने गरी देखाएको प्रमाणहरू सार्वजनिक गर्नु नै मेरो गल्ती भयो भनेर उल्लेख गरेका छन्।
साइबर ब्युरोका अनुसार; मेडिकल व्यवसायी प्रसाईले ह्यटसएपमा आएका कागज पत्र बिना प्रमाणीकरण नगरी बाहिर ल्याउनु आफ्नो कमजोरी भएको उल्लेख गर्यो ।
मेडिकल व्यवसायीले प्रसाईंले गएको मङ्सिर ३ गते केही युट्युबरहरू बोलाएर प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडिया स्थित स्मार्ट एक्जीअटा कम्पनीमा लगानी रहेको दाबी गर्दै केही प्रमाणहरूको रूपमा भिडियोहरू सार्वजनिक गरेका थिए । उनले कागजपत्र मार्फत दाबी पुष्टि गर्दै केही कागजपत्र भिडियो मार्फत सार्वजनिक गराएका थिए ।
प्रहरीले मेडिकल व्यवसायी प्रसाईले भिडियो मार्फत सार्वजनिक गरेको कागजपत्र सबै फर्जी रहेको भेटिएपछि उनलाई भक्तपुर स्थित आफ्नो निवासबाटै पक्राउ गरेका थिए।
प्रहरीले मेडिकल व्यवसायी प्रसाई विरुद्ध हालै अपराधिक लाभ लिन नहुने कसुरमा पनि अनुसन्धान थालेको छ। उनका साथी वर्ष ३६ को नवीन प्रधान भनिने हरिचन्द्र फुयाल पक्राउ परेपछि अपराधिक लाभ लिन नहुने कसुरमा अनुसन्धान थालिएको हो ।
फुयालले मेडिकल व्यवसायी प्रसाईको निर्देशन अनुसार, नेपालका विभिन्न व्यवसायी र पेशाकर्मीहरूलाई प्रसाईको अभियानमा सहयोग गर्न भन्दै धम्की दिने गरेको प्रहरीको भनाई रहेको छ । यस विषयमा साइबर अपराध असुरमा साइबर ब्युरो र धम्की दिएको विषयमा सिआईवीबाट अनुसन्धान भइरहेको एसपी गोविन्द बोगटीले जानकारी दिएका छन्।