काठमाडौँ। राष्ट्रिय निर्वाचन आयोगले यही मङ्सिर १६ गते रिक्त रहेका स्थानीय तहको उपनिर्वाचन चुनाव मिति घोषणा गरे अनुसार भोलि हुने भएको छ।
उपनिर्वाचनको सम्पूर्ण तयारीको कार्य सकिसकेको निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आयोग अनुसार;आज मतदान केन्द्रहरूमा मतदानको लागि सबै मद केन्द्रमा बुथहरू बनाउने कार्य रहेको छ ।
निर्वाचन आयोगले सम्बन्धित उपनिर्वाचन अथवा उपचुनाव हुने पालिका जिल्ला निर्वाचन कार्यालयहरूको कर्मचारीहरूलाई ५८ प्रकारका सामग्रीहरू हस्तान्तरण गरिसकेका छन्। अहिले रिक्त रहेका स्थानीय तहको ४४ पदमध्ये तीन पदमा एकल उम्मेदवारी परेकाले ४१ पदका लागि मात्रै भोलि मतदान हुने आयोगले जनाएको छ।
स्थानीय तहको निर्वाचनको लागि अहिले मतदान का लागि १ सय ६२ मतदान स्थल र २ सय ९३ मतदान केन्द्र कायम गरेको उल्लेख गरेका छन्।
मौन अवधि सुरु भएदेखि कुनै पनि उम्मेदवार वा दलको पक्षमा विपक्षमा मतदानका लागि प्रभावित हुने अथवा गर्ने कुनै पनि प्रकारका काम नगर्न भनेको छ, त्यस्तै संचार माध्यमबाट वा सामाजिक सञ्जालबाट उम्मेदवार र दलका पोस्ट वा सेयर गर्न पनि पूर्ण रूपमा पनि बन्देज गरेको छ।