रामेछाप। हिजो भएको सवारी सुमो दुर्घटनामा परेर वडा अध्यक्षको मृत्यु भएपछि रामेछापको गोकुल गङ्गा गाउँपालिकाले भोलि शोक बिदा दिने भएको छ । उक्त गाउँपालिकाले शोकपत्र सूचना जारी गर्दै भोलि गाउँपालिका भर शोक बिदा दिने जानकारी गराएको हो।
हिजो काठमाडौँबाट रामेछापको गोकुलगङ्गा तर्फ छुटेको सुमो दुर्घटनाग्रस्त हुँदा सुमो सवार गाउँपालिका ४ का वडा अध्यक्ष रामचन्द्र बस्नेत सहित पाँच जनाले आफ्नो ज्यान गुमाएका थिए। उक्त सुमो दुर्घटनामा पर्नेहरू गोकुल गंगा गाउँपालिका ५ का वर्ष ३० कि कविता कार्की (खड्का) र उनका छोरी सात वर्षकी स्वस्तिका खड्काका साथै गोकुल गङ्गा गाउँपालिका ४ का सविना विक र गाडीचालक रामेछापको मन्थली नगरपालिका ९,पुराना गाउँका हिरा बहादुर कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।
साथै सही दुर्घटनामा परेर घाइते परेकाहरूमा गोकुल गङ्गा नगरपालिका ४, बेतालिकी सरस्वती कार्की र मृतक सबिनाका छोरा चार वर्षका सबिन विक र कास्की लेखनाथ नगरपालिका घर भएका केस बर्मा रहेका छन् । सुमोबाट घाइते भएका सबैलाई काठमाडौँमा उपचार अहिले भइरहेको छ । भने सुमो सडकबाट करिब ३०० मिटर तल खसेको थियो।
गोकुलगंगा गाउँपालिकाले गरेको शोक सूचना यस्तो छ ।