हेटौंडा। जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य मेजरमान मोक्तानले फेसबुकमा आज एक स्टाटस मार्फत हेटौडा उपमहानगरपालिका १२ को उपनिर्वाचन चुनाव लक्षित अहिलेको चुनावमा जति पनि उम्मेदवारहरू रहेका छन् सबैले जातीय जनसङ्ख्या भन्ने कुराको समावेशिता भन्ने विषय नै नदेखेको उल्लेख गरेका छन्।
जसपा नेपालका केन्द्रीय सदस्य मोक्तान भन्छन्; स्थानीय निर्वाचन भनेको जातीय निर्वाचन हुन्छ । र केन्द्रीय निर्वाचन भनेको पहिचान र सभ्यताको निर्वाचन हुन्छ ।
आज फेसबुक स्टाटस मार्फत जसपा नेपालका केन्द्रीय सदस्य मोक्तानले स्थानीय उपनिर्वाचन हेटौडा १२ को चुनावमा त्यहाँ अहिले उम्मेदवारी दिएका पार्टीहरू काङ्ग्रेस र कम्युनिस्टहरूले कुनै व्यापार मेल भन्दा कम नहुने पाराले त्यहाँ धेरै बाहिरका मान्छेहरु उतारेको आरोप समेत लगाएका छन् ।
फेसबुक स्टाटस मार्फत मोक्तानले केही सवालहरू ती राजनीतिक दल सँगै सरोकार निकायलाई पनि लक्षित गरी सोधेका छन्। हेटौडा १२ को उपनिर्वाचन चुनावी क्षेत्रमा प्रचार-प्रसार गर्नका लागि ती मान्छेहरूलाई आउने जाने खर्च र खाने खर्च कहाँको पैसाले गर्यो ? त्यहाँ भएका गतिविधिको अनुगमन कसले गर्यो? उनले भने।
साथै हेटौडा १२ को चुनावमा प्रचार-प्रसारमा पूर्व सांसद र पूर्व मन्त्रीहरु समेत घटेको उनले फेसबुक स्टाटस मार्फत जिकिर गरेको छ । जहाँ जुन किसिमको राजनीतिक दलहरूको हालिमुहाली किसिमले भाग दौडाउने हुने गर्छ,उक्त स्थानको वडाको उपनिर्वाचनको चुनाव कसरी कुन रूपमा निष्पक्ष हुन्छ भनेर जनताले आशा गर्न सक्छौं, भनेर उनले फेसबुक स्टाटस मार्फत उल्लेख गरेका छन्।