हेटौडा। राष्ट्रिय निर्वाचन आयोगले यही मङ्सिर १६ गते रिक्त रहेका स्थानीय तहहरुको उपनिर्वाचन चुनाव गर्ने घोषणा गरे अनुसार आज हेटौडा १२ मा वडा अध्यक्षको लागि भोर्ले स्थित विष्णु ज्योति आधारभूत विद्यालयमा मतदान भइरहेको छ। त्यहाँ अहिले कडा सुरक्षा व्यवस्थापनका साथ मतदान भइरहेको जनाएको छ।
हेटौडा १२ भोर्ले स्थित विष्णु ज्योति आधारभूत विद्यालयमा भइरहेको मतदान केन्द्रमा अहिलेसम्म २ हजार ३ सय २५ मत खसेको जानकारी आएको छ
मुख्य निर्वाचन अधिकृतको कार्यालय अनुसार; उक्त स्थानीय तहमा भएको मतदाताहरू ३ हजार ६ सय २५ जना रहेको अनुसार उक्त केन्द्रमा ६४ दशमलव १३ प्रतिशत मात्र अहिले मत खसेको अवस्था छ।
मतदान केन्द्र वरपर नेपाली सेना सशस्त्र प्रहरी र नेपाली प्रहरी हरू पनि परिचालन भएको छ। साथै मतदानस्थल सुरक्षा सुदृढ बनाउन राष्ट्रिय अनुसन्धान केन्द्र समेत परिचालनमा राखिएको छ। उक्त स्थानको लागि मतदानको लागि बेलुकी ५ बजेसम्म मतदान गर्न पाउने समय तोकिएको छ ।