काठमाडौँ। कीर्तिपुर नगरपालिका प्रमुख पदको लागि भएको उपनिर्वाचनको चुनावको नतिजा आज (आइतबार) रातिबाट सुरु गर्ने भएको छ ।
कीर्तिपुरका सहायक निर्देशक अधिकृत भन्छन् ; मतगणनाको पूर्ण तयारी सबै भइसकेको अवस्था छ। नगरपालिका हलमा मतगणना गर्ने तयारी रहेको अवस्था छ। सम्भव भएसम्म राति १० बजेपछि मतगणना गर्ने काम सुरु हुनेछ । अहिले २० स्थलमा ३८ मतदान केन्द्रबाट मतदान जारी रहेको छ ।
अहिलेसम्म सबै मतदान केन्द्रहरूमा शान्तिपूर्ण रुपमा मत खसिरहेको निर्वाचन अधिकृत कार्यालयले जनाएको छ।
कीर्तिपुर नगरपालिकाको मतदाताहरू ३१ हजार ११२ जना मतदाता रहेकोमा आज दिउँसो २ बजेसम्म १७ हजार मत खसेको सहायक निर्वाचन अधिकृत पौडेलले जानकारी दिएको छ।
अहिले कीर्तिपुरमा प्रमुख र वडा अध्यक्षको लागि,वडा नम्बर १ र ४ मा मतदान भइरहेको छ।