मकवानपुर। आज बिहान मकवानपुरबाट प्रहरीले अवैध लागूसहित दुईजनालाई पक्राउ गरेको छ।
सिमपानीबाट बिरगंज जाँदै गरेको ना.६ ख २३४४ नम्बरको ट्रक गाडीलाई प्रहरीले रोकेर चेकजाँच गर्ने क्रममा क्याबिनमा प्लास्टिकले बेरेर लुकाई ल्याएको करिब ५६ किलोग्राम गाँजासहित ट्रक चालक राजेन्द्र लाई पक्राउ गरेको सफल भएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरुमा मनहरी गाउँपालिका ८, सिमपानीमा बस्ने वर्ष २७ को अनिल कुमार थिङ र मनहरी गाउँपालिका नौ बस्ने वर्ष ३२ को राजेन्द्र मोक्तान रहेका छन्।
मकवानपुर जिल्लाको मनरी गाउँपालिका अन्तर्गत पर्ने झ्यामिरे भन्ने स्थानबाट अवैध लागू औषध गाँजा करिब ५६ किलोग्राम सहित उनीहरू दुवैजनालाई प्रहरीले पक्राउ गर्न सफल भएको हो ।
अवैध लागू औषधि सहित पक्राउ परेकाहरूलाई प्रहरीले त अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।