हेटौंडा। हेटौडा १२ को वडाध्यक्षको लागि गरिएको उपनिर्वाचन चुनाव साँझ ५ बजेपछि सम्पन्न भएको छ।
हेटौंडा उपमहानगरपालिका १२ वडा अन्तर्गत पर्ने भोर्ले स्थित विष्णु आधारभूत विद्यालय केन्द्र र सिग्रेनी स्थित प्रतिभा आधारभूत विद्यालय केन्द्रमा भएको दुईवटा मतदान स्थल बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजे सकिएको हो ।
उपनिर्वाचन चुनाव अन्तर्गत हेटौडा १२ वडा मतदाता कुल सङ्ख्या कुल ८ हजार ५३ जना रहेको छ । जस मध्ये आज भएको उपनिर्वाचन चुनावमा भोर्ले स्थित विष्णु आधारभूत विद्यालय केन्द्र बाट २ हजार ४ सय ७५ मत र सिग्रेनी स्थित प्रतिभा आधारभूत विद्यालय केन्द्र बाट ३ हजार ६ मत गरी जम्माजम्मी पाँच हजार ४ सय ८१ मत खसेको जानकारीमा आएको छ।
दुवै निर्वाचन केन्द्रमा सुरक्षा निग्रानी कडा रूपमा व्यवस्थापन भएको थियो । भने दुवै मतदान स्थलमा मतदानको कार्य भने शान्तिपूर्ण रहेको उल्लेख गरेको छ।