काठमाडौँ। राष्ट्रिय निर्वाचन आयोगले आज गरेको रिक्त रहेका ४१ स्थानका स्थानीय तहका उपनिर्वाचनको चुनाव मार्फत करिब ६२ प्रतिशत मतदान भएको जनाएको छ।
निर्वाचन आयोगले साँझ एक विज्ञप्ति जारी गर्दै सबै मतदान स्थलमा कामहरू शान्तिपूर्ण भएको र उत्साजनक सम्पन्न भएको जनाएको छ।
आज भएको स्थानीय तहको उपनिर्वाचन चुनावमा २५ वटा राजनीतिक दल दर्ता भएकोमा २० वटा राजनीतिक दलको तर्फबाट उम्मेदवारी परेको थियो। राजनीतिक दलका २ सय ७४ जना र स्वतन्त्र २ सय दुईजना गरी ३ सय ७६ जना उम्मेदवार रहेका थिए।
आयोगका अनुसार सबै ठाउँको मतपेटिका संकलन भएपछि मात्र मतगणना सुरु हुने बताएको छ।