हेटौंडा। हेटौडा १२ वडाको उपनिर्वाचन चुनावको मतगणना अहिले हेटौडा २ सिद्धार्थ मा.वि.मा सुरु भइसकेको छ ।
हेटौडा १२ वडामा भएको वडाध्यक्षको पदको लागि गरिएको उपनिर्वाचन चुनावको मतगणना अहिले हेटौडा २ स्थित सिद्धार्थ मा.वि.मा भइरहेको हो ।
हेटौडा १२ वडामा कुन मतदाताको सङ्ख्या ८ हजार ५३ जना रहेको मत मध्ये आज खसेको कुल मतसंख्या ४ हजार ८१ मत रहेको छ । जसमध्ये भोर्ले स्थित विष्णु आधारभूत विद्यालय केन्द्रबाट २ हजार ४ सय ७५ मत र सिग्रेनी स्थित प्रतिभा आधारभूत विद्यालय केन्द्रबाट ३ हजार ६ मत जम्मा जम्मी मत खसेको थियो।
हेटौँडा १२ मा उम्मेदवारी दिएर चुनाव लडेका सबै राजनीतिक दलहरू र स्वतन्त्रबाट उम्मेदवारी दिएका सबै व्यक्तिहरूको ध्यान अहिले त्यहाँ केन्द्रित भएको छ।
निर्वाचन आयोगले स्थानीय तहको उपनिर्वाचन चुनावका लागि बिहान ७:०० बजेदेखि बेलुकी ५:०० बजेसम्म निर्वाचन गराएको थियो । निर्वाचन भएका सबै स्थानको मतदान कार्य शान्तिपूर्ण भएको पनि जनाएको छ ।