हेटौंडा। हेटौडा १२ वडाबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका अर्जुनप्रसाद तिवारी ५ सय ३ मत अन्तरले वडाध्यक्ष पदमा विजय भएका छन्।
हेटौडा १२ वडामा कुल खसेको ४ हजार ४ सय ८४ मतमध्ये कांग्रेसबाट उम्मेदवारी दिएका तिवारीले २ हजार ६३ मत ल्याउन सफल भएको छ । भने नेकपा माओवादीका उम्मेदवार रबिन कुमार प्रधानले १ हजार ५ सय ६० मत र नेकपा एमालेका राजेश नगरकोटीले १ हजार ३ सय ९८ मत पाएका छन् ।
हेटौडा १२ वडाको कुल मतदाता सङ्ख्या ८ हजार ५३ जना रहेको थिए । जसमध्ये यस वर्ष नयाँ मतदाताको रूपमा १ हजार ५ सय ८८ जना थपिएका थिए ।
यस वडामा १२ जना उम्मेदवारहरु स्थानीय तहको वडाध्यक्षको लागि प्रतिस्पर्धामा होमिएका थिए। तीमध्ये ९ जना अन्य दल र ३ जना स्वतन्त्र उम्मेदवार रहेका थिए।