काठमाडौँ। सुनको भाउ आज रु ३ सयले घटेको छ। जसअनुसार सुनको भाउ प्रतितोला आज १ लाख ५० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचादी व्यवसायी महासंघले जनाएको छ।
हिजो सुन भाउ प्रतितोला १ लाख ५० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको भाउ भने आज २० रूपैयाँले बढेको छ । जस अनुसार आज चाँदीको भाउ प्रतितोला १ हजार ८ सय ९० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।
हिजो चाँदीको भाउ प्रतितोला १ हजार ८ सय ८० रुपैयाँले कारोबार भएको थियो