बद्नाम गर्दिन्छु आज एउटा काम गर्दिन्छु ।
हेरी बस सरकार म चक्का जाम गर्दिन्छु ।
धेरै वर्ष भैसक्यो मनभित्र आगो बलेको
जल्न सक्छ संसद अब खुलेआम गर्दिन्छु ।
यो देश मस्त सुतेकोछ् के उन्माद पायो र
छातीमा छुरी हन्दिछु निद्रा हराम गर्दिन्छु ।
चीन जस्तै हुनुपर्छ चम्किनुछ दुनियाँमा
निरङ्कुश भ्रष्टको शासन तमाम गर्दिन्छु ।
खुट्टा काट या त खुट्टा तान फरक पर्दैन
बा आमालाई वैशाखी टेकी सलाम गर्दिन्छु ।
मगर मस्त
मुसीकोट न. पा. ०८ रुकुम पश्चिम
हाल :- बिदुर न.पा. ०२ विदुर नुवाकोट