काठमाडौँ। आज सुनको भाउ ६ सय रुपैयाँले घटेको छ। जसअनुसार सुनको भाउ आज प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचादी व्यवसायी महासंघले जनाएको छ।
यसअघि सुनको भाउ तोलाको एक लाख ५० हजार २ सय रुपैयाँ रहेको थियो।
त्यस्तै आज चाँदीको भाउ २५ रूपैयाँले घटेको छ। जसअनुसार आज चाँदीको भाउ प्रतितोला १ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।