हेटौंडा। नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) मकवानपुर शाखाको छैठौँ जिल्ला अधिवेशन आज सम्पन्न भएको छ।
आजको जिल्ला अधिवेशनबाट सर्वसम्मत रुपमा अध्यक्षको रुपमा नवराज वाइबा चयन भएका छन्। त्यस्तै उपाध्यक्षको रूपमा सन्देश थिङ,सचिवको रूपमा मनिता राना,सहसचिवको रूपमा निशा गुरुङ र कोष अध्यक्षको रूपमा भुवन घलान सर्वसम्मत रुपमा निर्विरोध चयन भएका छन्।
त्यस्तै सदस्यहरूमा भने जमुना थिङ,सम्झना थापामगर,भुपेन्द्र राना मगर,अन्जना न्यासुर,दिव्यदृष्टि लामा,नवीन चौधरी,रवीन्द्र वाईबा र विवेक सिन्तान चयन भएका छन्।
साथै आज भएको (फोनिज) मकवानपुर शाखाको छैठौँ जिल्ला अधिवेशन कार्यक्रममा हेटौंडा उपमहानगरपालिका प्रमुख मीना कुमारी लामाको प्रमुख आतिथ्यता तथा नेपाल पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष कृष्ण सारु मगर र नेपाल पत्रकार महासंघ बागमती प्रदेश संस्थापक अध्यक्ष प्रताप बिष्ट विशिष्ट आतिथ्यता रहेको अधिवेशनको उद्घाटन सत्र कार्यक्रममा स्वतन्त्र पत्रकार संघ केन्द्रीय उपमहासचिव सुरेश श्रेष्ठ,सञ्चारिका समुह बागमती प्रदेश अध्यक्ष सरिता दाहाल,नेपाल पत्रकार महासंघ मकवानपुर अध्यक्ष बालकृष्ण अधिकारी,प्रेस चौतारी बागमती प्रदेश महासचिव प्रकाश दाहाल, नेपाल प्रेस यूनियन मकवानपुर अध्यक्ष सुबाश बिडारी,प्रेस चौतारी मकवानपुर उपाध्यक्ष पुष्पराज अधिकारी,प्रेस सेन्टर मकवानपुर अध्यक्ष अञ्जली थापा,शिव चौलागाई, नेपाल पत्रकार महासंघ मकवानपुर सहसचिव तथा समाजवादी प्रेस संगठन मकवानपुर अध्यक्ष शिव चौलागाईं,नेपाल पत्रकार महासंघ मकवानपुर सदस्यहरु गणेश दुलाल,रबिन ढुंगाना र सरोज दाहाल लगायतको उपस्थिति रहेका थिए।
अघिल्लो कार्यकालको रूपमा रहेका फोनिज मकवानपुरका अध्यक्ष अशोक सुजन श्रेष्ठले आज भएको छैठौँ अधिवेशनमा अग्रज पत्रकारको रुपमा मोहन सांगामीलाई नगदसहित सम्मान गरेको छ। भने आजको कार्यक्रम फोनिज मकवानपुरका अध्यक्ष अशोक सुजन श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो।