रौतहट। रौतहटको देवाही गोनाही नगरपालिका स्थित एक बोर्डिङ बिधालयले मंगलबार आफ्नो नौमासिक परिक्षाको प्रतिफल सार्वजनिक गरेका छन् ।
नेपाल पब्लिक बोर्डिङ स्कुलले मंगलबार आफ्नो नौमासिक परिक्षाको प्रतिफल सार्वजनिक गर्दै सो परिक्षामा सहभागी भइ परिक्षा दिएर उतिर्ण हुने सबै विद्यार्थीलाई शैक्षिक सामाग्रीहरु वितरण गरेको बिधालयको प्रधानाध्यापक अरबिन्द यादवले बताएका छन् । उनले सदा झै यो परिक्षामा पनि उतिर्ण बिद्यार्थीहरुको मनोबल बढाउन र शैक्षिक स्तरमा राम्रो बनाउन यस्तो कार्यक्रम गर्दै आएको बताएका छन् ।
नौमासिक परिक्षामा कक्षा ३ मा अध्ययनरत रामासन्कर यादव प्रथम, दृत्य रत्नेश यादव र तृतीय नेहा पासवान भएका छन् भने कक्षा २ का बिद्यार्थीहरुमा प्रथम राजाबाबु कुशवाहा, दोस्रो रितिक रौशन दास र तृतीयमा करन यादव भएको थियो । यस्तै कक्षा १ का बिद्यार्थीहरुमा प्रथम पृयान्शु कुमारी यादव, दोस्रो अनिल यादव र तेस्रो कृन्श यादव भएको बिधालयका शिक्षक ध्रुप दासले बताएका छन् ।
उनको अनुसार यु.के.सी.मा प्रथम रौशन साह र एल.के.जि.मा प्रथम किरण साह भएको थियो भने बिधालयको प्रथम बिद्यार्थी बन्न पृयान्शु कुमारी यादव सफल भएको थियो ।